विश्व चर्चित फुटबल खेलाडी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड लियोनल मेस्सी पछिल्लो समय फेरि चर्चामा आएका छन् ।

केही समयअघि बार्सिलोना छाडेर पिएसजीमा आएका मेस्सी फेरि पुरानै क्लबमा फर्कने इच्छा व्यक्त गरेका छन् । उनी एक खेलाडी नभई टेक्निकल सेक्रेटरीको जिम्मेवारी सम्हाल्ने गरी बार्सिलोना फर्कने इच्छा व्यक्त गरेको बताइएको छ ।उनी बार्सिलोना गएर खेल खेल्न भन्दा क्लबको व्यवस्थापन सम्हाल्न चाहान्छन् । उनले हालैको एक अन्तवार्तामा कुनै एक भूमिकाको लागि आफु बार्सिलोना फर्कन चाहेको बताए ।

उनले अन्तवार्तामा भने बार्सिलोनाले राम्रो गरोस् भनी म सहयोगी हुन चाहन्छु । म सुरुमा टेक्निकल सेक्रेटरी हुन चाहन्छु । म बार्सिलोनालाई माया गर्छु, त्यसैले कुनै न कुनै रूपले सहयोग गर्न चाहन्छु ।बार्सिलोनाले केही समयदेखि आफ्नो क्लबमा प्रशिक्षक टिकाउन सकिरहेको छैन । यदि यस स्थानमा मेस्सी गएमा क्लबलाई उनले व्यवस्थापन गर्न सक्ने सबैले विश्वास पनि लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार