हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कोपा अमेरिका फुटबलमा भोली बिहान ब्राजिलले कोलम्बियाको सामना गर्ने

युरोकप संगै कोपा अमेरिका फुटबलको चर्चा पनि उत्तिकै रहेको छ फुटबल प्रेमीहरु माझ । कोपा अमेरीका फुटबलमा भने भोली बिहान एकदमै रोचक खेल हुदैछ । आयोजक ब्राजिलले भोलि बिहान कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ ।

Advertisement

ओलम्पिक स्टेडियममा हुने यी दुई टीम बीचको प्रतिष्पर्धा भने भोली बिहान पौने ६ बजे सुरु हुनेछ । भोली मैदान उत्रदा ब्राजिल अपराजित यात्रालाई कायमै राख्ने दाउमा रहनेछ । कोलम्बियाविरुद्ध मैदान उत्रदा ब्राजिल लगातार तेस्रो जित निकाल्ने योजनामा हुनेछ ।

Advertisement

अघिल्ला दुई खेलमा जित निकालेको ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । समूह बी को ब्राजिलले २ खेलमा ६ अंक जोडेको छ । ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ । कोलम्बिया पनि ब्राजिललाई हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्न चाहन्छ ।

कोलम्बिया ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । भोली नै कोपा अन्तर्गत नै अर्को खेलमा इक्वेडर र पेरुबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल बिहान पौने ३ बजे बाट सुरु हुनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)