हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोरोना सङ्क्रमितको सङ्ख्या पाकिस्तानमा ४ हजार नाघ्यो, ६४ जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पाकिस्तानमा चार हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या चार हजार ३३२ पुगेको हो ।

Advertisement

सङ्क्रमितमध्ये सबैभन्दा धेरै पन्जाव प्रान्तमा रहेका छन्, त्यहाँ दुई हजार १७१ जना सङ्क्रमित भएको तथ्याङ्क राष्ट्रिय नियन्त्रण केन्द्रको रहेको छ । दोस्रो धेरै सङ्क्रमित भएको सिन्ध प्रान्तमा बिहीबारसम्ममा एक हजार १२८ जना सङ्क्रमित भएका छन् भने तेस्रो धेरै सङ्क्रमित भएको खैबर पख्तुन्ख्वामा ५६० जना रहेका छन् ।

Advertisement

त्यसैगरी गिल्गित बाल्टिस्तानमा २१३ जना, बालुचिस्तानमा २१२ जना, इस्लामावादमा १०२ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा २८ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि गरिएको छ । योसहित कुल मृतकको सङ्ख्या ६४ पुगेको छ । सङ्क्रमित भएकामध्ये गम्भीर अवस्थामा रहेका ३१ जनाको उच्च सतर्कताका साथ उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार कुल सङ्क्रमितमध्ये ४२ प्रतिशत देशभित्रै एक अर्काबाट सङ्क्रमित भएका हुन भने अरु सङ्क्रमित विदेशबाट आएकाहरूबाट भएका हुन् । पाकिस्तानमा अहिलेसम्म ४४ हजार ८९६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७३७ जनाको परीक्षण गरिएको अधिकारीले बताएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)