हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

खेल तथा खेलाडीको संरक्षण प्राथमिकतामा ः मुख्यमन्त्री राउत प्रदेश सम्वाददाता

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले खेल तथा खेलाडीको संरक्षण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। नेपाल क्युकोसिन कान कराते संघ प्रदेश नं. २द्वारा आज जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुक तथा प्रदेशको समग्र विकासको लागी खेलकुद महत्वपूर्ण रहेको उल्लेख गर्नु हुँदै उनिहरुको संरक्षणमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

Advertisement

प्रदेश सरकारले आफनो क्षमता अनुरुप खेलकुदको विकासका लागि रंगशाला निर्माण तथा मर्मतको कार्यक्रम अगाडी बढाएको उल्लेख गर्नु हँुँदै जनकपुरमा प्रस्तावित रामजानकी अन्तराष्ट्रीय रंगशाला निर्माणको लागि समेत पहल गरि रहेको उल्लेख गर्नु भयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले खेलकुदको क्षेत्रमा पछिल्लो ३० वर्षमा हुन नसकेको गतिविधीहरु प्रदेश सरकारले पछिल्लो तीन वर्षमा गरेको दावी गर्नु भयो ।

Advertisement

उहाँले पछिल्लो ३ वर्षमा विभिन्न खेलका ११ वटा प्रदेश स्तरीय प्रतियोगिता गराउन प्रदेश सरकार सफल रहेको उल्लेख गर्नु भयो । संघका अध्यक्ष बैद्यनाथ यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य रामअशिष यादव, जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव यादव, नेपाली काँग्रेस धनुषाका सभापति सन्तोष यादव सशस्त्र प्रहरीका प्रदेश प्रमुख डिआइजी सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)