फूललाई देख्दा पनि मेरो याद आउछ
भन्छिन्
झझल्कोले हर पल छाँया सरी धाउछ भन्छिन्भेटेको थिएन अहिलेसम्म मुटु हल्लाउने यति
थाहै नपाई ओठ्ले प्रेमिल गीत गाउँछ भन्छिन्जवानी कहिले आयो महसुस नै भएन दु:खमा
चंचल मनले अनेकौं चाहना सजाउछ भन्छिन्कसरी बस्न गयो थाहै नपाई पो यति धेरै माया
छुट्टिएर पो बस्न नसक्ला मन डराउछ भन्छिन्हुनै सक्दैनौं एक संसार अलग छ हामी बीचमा
यस्तै परिस्थितिले होश हवास उडाउछ भन्छिन्माया बस्दैमा पाउनै पर्छ भन्ने मान्यता गलत हो
मायामा खुशी खोज्ने मायामा रमाउछ भन्छिन्वीरेन मालाकार “सहयात्री”
धापाखेल, ललितपुर
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता
६ वर्ष अगाडि
गजल : “याद”
