लडाइँ भयो बगैंचामा फुलै मासिए छन् ।
दाजुभाइ लडाइँ गरि कुलै मासिएछन् ।।कहाँ बाट नहरमा पानी आउँछ यहाँ ।
गाउँ बेँसि सबै तिर मुलै मासिए छन् ।।माछाहरु बगरमा छटपटाई रैछन् ।
जताततै बमको खेती दुलै मासिए छन् ।।मान्छे सबै ठाउँ छाडि अन्तै सरिसके ।
आगो पनि धौँन छाड्यो चुल्लै मासिए छन्।।हल्दिबारी – झापा , नेपाल
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता
६ वर्ष अगाडि
गजल : याम दंगाल सरोवर
