एजेन्सी । जामा इस्रायली आक्रमण जारी रहँदा आज बिहानदेखि मात्रै कम्तीमा १४ जना प्यालेस्टिनी मारिएका छन्। चिकित्सकहरूका अनुसार, मृतकमध्ये ९ जना गाजा सिटीका हुन्।

यसअघि हिजो मात्रै गाजामा ९१ जना मारिएका थिए। तीमध्ये अल–शिफा अस्पतालका निर्देशक मुहम्मद अबु सल्मियाका भाइ माजेद अबु सल्मिया र उनका परिवारका सदस्य पनि थिए। इस्रायली सेनाले उनलाई हमासको लडाकु रहेको दाबी गरेको छ, तर आक्रमणमा मारिएका बालबालिकाबारे भने केही उल्लेख गरेको छैन।

विस्थापितहरूले आफ्नो घर छाड्नेबित्तिकै इस्रायली “क्वाडकप्टर” ड्रोनले पछ्याएको र धम्की दिएको अनुभव सुनाएका छन्।

अक्टोबर २०२३ यता गाजामा इस्रायली कारबाहीका कारण कम्तीमा ६५ हजारभन्दा बढी मानिस मारिएका छन् भने १ लाख ६६ हजारभन्दा बढी घाइते भएका छन्। अझै हजारौं मानिस भग्नावशेषमुनि दबिएका अनुमान गरिएको छ। अलजजिराबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार