गोलधाप – असार २६ । हल्दिवारी गााउपालिका वडा नम्बर १ गोलधाप बजारमा “गोलधाप स्तम्भ ” को वडा अध्यक्ष त्रिलोचन सापकोटाले अनावरण गर्नु भएको छ।

अध्यक्ष सापकोटाका अनुसार हल्दिवारी गाउँपालिकाकै महत्त्वको कार्यक्रम ” हल्दिवारीको वाचा ,झापा भरी माछा ” लाई मध्य नजर गर्दै चारवटा माछाको माथी गोलधाप लाई चिनाउने गोलाकार माथी नेपालको झण्डा राखिएको छ।

साविक गोलधाप राजगढ गाउँपन्चायतबाट २०३८ सालमा छुट्टीएर ,गाउँपालिका हुँदै २०७४ बाट हल्दिवारी गाउँपालिका अन्तरगत १ नम्बर वडा भएको हो ।

” गोलधाप स्तम्भ ” गोलधापको अस्तित्वमा सुन्दरता थपिएको देख्न सकिन्छ भने गोलधापकै लङ्ग्डा चोकमा बन्दै गरेको ” सहिद गेट ” ले झन गोलधापको महत्त्व बढेको देख्न सकिन्छ ।

गोलधाप स्मारक तयार गर्न २ लाख ९७ हजार ६ सय ८२ रुपैयाँ ५० पैसा खर्छ भएको स्तम्भ उपभोक्ता समितिका अध्यक्ष टोलनाथ सुवेदीले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार