हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

चर्चित बास्केटबल खेलाडी ब्रायन्टसहित हेलिकप्टर दुर्घटनामा ९ जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन भएको छ। क्यालिफोर्नियाको क्यालाबास शहरमा भएको दुर्घटनामा उनी, उनकी छोरी जियाना सहित ९ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ।

Advertisement

४१ वर्षिय ब्रायन्टसहित ९ व्यक्ति सवार निजी हेलिकप्टर खसेपछि त्यसमा ठूलो विस्फोटसहित आगलागी भएको थियो। लस एन्जल्स काउन्टी शेर्रिफले घटनामा कोही पनि जिवित नभेटिएको जनाएको छ। घटना त्यहाँको स्थानिय समय अनुसार बिहान १० बजे भएको थियो।

Advertisement

पाँच पटक एनबिए च्याम्पियन रहिसकेका ब्रायन्टलाई बास्केट बल इतिहासकै महान खेलाडीमध्येको एक मानिन्छ। उनको निधनमा सेलिब्रेटी तथा उनका समकालिन खेल स्टारहरूले उनको असामयिक निधनमा गहिरो शोक व्यक्त गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)