समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

चौथोपटक मन्त्रिपरिषद् विस्तार, थपिए ४ नयाँ मन्त्री

झापा । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै थप ४ जना मन्त्री नियुक्त गर्ने निर्णय गरेकी छन्। शुक्रबार बसेको बैठकले नयाँ मन्त्रीहरूको सिफारिस राष्ट्रपतिसमक्ष पठाएको हो।

स्रोतका अनुसार नयाँ मन्त्रीहरूले दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्नेछन्।

विज्ञापन (Advertisement)Advertisement

यी हुन् नियुक्ति सिफारिसमा परेका मन्त्रीहरू

श्रद्धा श्रेष्ठ – महिला तथा बालबालिका मन्त्रालय

माधव चौलागाईं – वन मन्त्रालय

राजेन्द्रसिंह भण्डारी – श्रम मन्त्रालय

कुमार इङ्नाम – भूमि प्रशासन मन्त्रालय

नयाँ मन्त्रीहरूको पृष्ठभूमि

माधव चौलागाईं नेपाली कांग्रेसको अपाङ्ग संघका अध्यक्ष हुन्।

राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीका अवकाशप्राप्त डीआईजी।

श्रद्धा श्रेष्ठ पर्यटन बोर्डकी पूर्व कर्मचारी।

यसअघि मन्त्रिपरिषद् १० सदस्यीय थियो। नयाँ ४ मन्त्री थपिएपछि कुल संख्या १४ पुगेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)