हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’आज । 

  हेमन्त मैनाली हल्दिबारी   नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ जिल्ला समन्वय शाखा झापाले आयोजना गर्दै आएको ‘झापा स्पोर्टस् अवार्ड’ को चौथो संस्करणमा सात विधाका आठजना खेल प्रतिभालाई नगदसहित सम्मान गरिने अध्यक्ष हिमाल खरेलले जानकारी दिए ।

Advertisement

मञ्चले यसअघि पत्रकार सम्मेलन गरेर विभिन्न चार विधाका मनोनितहरु सार्वजनिक गरिसकेको छ । प्रत्येक विधामा तीनरतीनजना प्रतिभा छनोट गरिएको प्रतिभा छनोट समितिका संयोजक सचित आनन्द सुब्बाले बताए । मनोनितमध्ये एकजनाले कार्यक्रमको दिन नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

Advertisement

यसपालिको अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट खेलाडी पुरुष मा अनन्त तामाङफुटबल, सेसेहाङ आङदेम्बे फुटबल र छिरिङ गुरुङ फुटबल० छन् । तामाङ र आङदेम्बे झापा र गुरुङ इलामका हुन् ।

त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी महिला मा जुनी राई उसु, देविका खड्का जुडो र कमला श्रेष्ठ फेन्सिङ रहेका छन् । राई इलाम तथा खड्का र श्रेष्ठ झापाका हुन् ।त्यसैगरी वर्ष उत्कृष्ट खेलाडी युवा मा रेजिन सुब्बा फुटब, मनिता श्रेष्ठ प्रधान जुडो र अनुजा कुलुङ राई कबड्डी छन् । सुब्बा र राई झापा र प्रधान पाँचथरकी हुन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा प्रवेश कटवाल फुटबल, मदन उप्रेती कराते, वोङदेन लामा पौडी रहेका छन् । कटवाल र उप्रेती झापा तथा लामा इलामका हुन् ।

वर्ष खेलाडीपुरुष लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी महिला लाई एक थान स्कुटर, वर्ष खेलाडी युवा लाई नगद २५ हजार, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका सचिव अर्जुन राजवंशीले जानकारी दिए।

त्यस्तै, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । मनोनयनमा परेका चार विधाका विजेता र यी दुई विधामा अवार्ड प्राप्त गर्ने खेल प्रतिभाको घोषणा कार्यक्रमस्थलमा सोझै गरिन्छ ।मञ्चले यो वर्ष दुईजनालाई नगद २५ हजारसहित स्पेसल अचिभमेन्ट अवार्ड प्रदान गर्ने जनाएको छ । यो वर्ष खेलाडीतर्फ शारीरिक सुगठनका राम दाहाल र प्रशिक्षकतर्फ बक्सिङका डम्बर लिम्बूलाई स्पेसल अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ अवार्डमा २०७६ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका खेलाडी र प्रशिक्षकलाई मञ्चले सहभागी गराउँदै आएको छ ।अवार्ड साँझ ठिक ५ बजे बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)