हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

“जनतान्त्रिक गठबन्धनले जलायो ट्रम्प, सि जिङ पिङ र प्रधानमन्त्री ओलीको पुतला”

कमला भट्टराई- झापा, २८ जेठ । राज संस्थासहितको हिन्दु राष्ट्र र जनतान्त्रिक शासन व्यवस्था मूल एजेन्डासहित गठित राष्ट्रिय जनतान्त्रिक गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जनाएको छ । जनतान्त्रिक गठबन्धनको राष्ट्र बचाउ अभियानअन्तर्गत घोषित दोस्रो चरणको आन्दोलनको क्रममा मंगलबार देशभर प्रधानमन्त्री ओलीको पुतला र एमसीसीको प्रतिलिपि जलाइएको हो ।

Advertisement

गठबन्धनका केन्द्रीय सदस्य “दिवस सिंह“ को नेतृत्वमा सिरहा र सप्तरीमा एवं गठबन्धनका केन्द्रीय नेता नगीना झाको नेतृत्वमा काठमाडौंमा, त्यससँगै प्रदेश नं १ र २ को सम्पूर्ण जिल्लामा, मकवानपुर, दाङ, चितवन, रसुवा, धादिङ, धनकुटा लगायत देशको ५५ भन्दा बढी जिल्लाहरुमा घोषित आन्दोलनका कार्यक्रममा उत्साहजनक जनसहभागिता रहेको थियो ।

Advertisement

दोस्रो चरणमा धर्मनिरपेक्ष गणतन्त्रको सम्बाहक एव नेतृत्वकर्ता जिवित प्रधानमन्त्रीहरु शेर बहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पुष्प कमल दहाल “प्रचण्ड“, डा. बाबुराम भट्टराई र के.पि. ओली लगायतको प्रत्येक दिन एक प्रधानमन्त्रीको पुतला जलाउने, प्रत्येक दिन एमसीसी सम्झौता खारेजी र अमेरिकी साम्राज्यवादी आतंकवादको विरोधमा राष्ट्रपति डोनाल ट्रम्पको पुतला जलाउने, चीनद्वारा सगरमाथा लगायतको नेपाली भुमि अतिक्रमण एवं कब्जा गरेको बिरोधमा प्रत्येक दिन चिनियाँ राष्ट्रपति सी जिङ पिङको पुतला जलाउने, धर्मनिरपेक्ष गणतन्त्रको भण्डाफोर गर्ने र “राज संस्था सहितको हिन्दु राष्ट्र र जनतन्त्र स्थापना“ सहितको भीषण जनआन्दोलनका लागि आम मुक्तिकामी जनतालाई सुसज्जित एवं तैयार गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु रहेका छन् !

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)