हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जनतान्त्रिक द्वारा गणतन्त्रको पुतला दहन”

सम्बाददाता,झापा/जनतान्त्रिक तराई मुक्ति मोर्चा द्वारा पुर्व घोषित विविध बिरोध एवं दबाबमुलक कार्यक्रम अनुसार गणतन्त्र दिवस कै दिन गणतन्त्र र गणतन्त्रवादीको पुतला जलाईयो, जनतान्त्रिक तराई मुक्ति मोर्चाको पहल र मोर्चाका राष्ट्रिय अध्यक्ष डा. मनोज मुक्ति “विवेक” कै नेतृत्वमा अहिले राष्ट्रब्यापी रुपमा “राष्ट्र बचाउ अभियान” को थालनी भएको छ र व्यापक जनसमर्थन पनि प्राप्त भईरहेको छ, त्यसैक्रममा मोर्चा कै अगुवाईमा “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” को निर्माण गरिएको छ !

Advertisement

आज गणतन्त्र दिवस कै दिन देशैभर प्रधानमन्त्री एवं पुर्व प्रधानमन्त्रीहरु के. पि. ओली, प्रचण्ड, शेर बहादुर देउवाको समेत पुतला जलाईयो !

Advertisement

आजको कार्यक्रमहरुको नेतृत्व मोर्चाका राष्ट्रिय अध्यक्ष डा. मनोज मुक्ति “विवेक” एवं मोर्चाका केन्द्रिय नेता तथा विशेष ईन्चार्चहरु श्रीमति नगीना कुमारी झा, दिपक सिंह, दिवस सिंह लगायतका ले आ-आफ्नो गृह जिल्लाहरु तथा कार्यक्षेत्र हरुमा गरेको जानकारी प्राप्त भएको छ !

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)