समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

जन्मदिनको अवसरमा सञ्चारकर्मी खतिवडाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

हल्दीबारी। आफ्नो जन्मदिनको अवसरमा सञ्चारकर्मी एवं नियमित रक्तदाता अभिषेक खतिवडाले सामाजिक उत्तरदायित्वअन्तर्गत हल्दीबारी ३ स्थित पञ्चायत माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेका छन्।

खतिवडा उक्त विद्यालयमा लेखापालको रुपमा कार्यरत रहेको र उनले विद्यालयका पाँच जना आर्थिक रूपमा कमजोर विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुका साथै विद्यालय परिसरमा निर्माण हुन लागेको सरस्वती मन्दिरका लागि २ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन्।

विज्ञापन (Advertisement)Advertisement

सहयोग रकम उनले जन्मदिनको अवसरमा विद्यालयका प्रधानाध्यापक डिल्लीराम ढुङ्गेललाई हस्तान्तरण गरेका थिए।
न्यानो कपडा तथा नगद हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर लिङ्गदेन, शिक्षण अभिभावक संघका अध्यक्ष गणेश भट्टराईलगायत समिति पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको विद्यालयले जनाएको छ।

साथै उक्त अवसरमा स्थानीय समाजसेवी शिवनाथ पाण्डेले समेत आफ्नो जन्मदिनको अवसर पारेर तीनजना विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएका थिए।

यस प्रकारका सामाजिक तथा शैक्षिक सहयोगले विद्यार्थीहरूलाई अध्ययनमा थप प्रोत्साहन मिल्ने र विद्यालयको शैक्षिक वातावरण सुदृढ हुने विश्वास गरिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)