हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

जसपा नगर समितिद्वारा निष्काशन

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी/ जनता समाजवादी पार्टी नेपाल झापा निर्वाचन क्षेत्र न.३(क) भद्रपुर नगरसमितिको अध्यक्ष शत्रुघ्न चौधरीको अध्यक्षतामा केन्द्रिय सदस्य पृथ्वीनारायण कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले मिठुमाया बयलकोठीलाई भद्रपुर नगरसमितिको उपाध्यक्षमा र धनपती माखिमलाई नगर सदस्यमा पार्टी बिधान अनुसार चयन गर्ने सर्वसम्मत निर्णय गरेको छ।

Advertisement

नवनियुक्त पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रिय सदस्य एवं प्रमुख अतिथि पृथ्वीनारायण कार्कीले सपथग्रहण गराउदे प्रदेश सदस्य शर्मिला लिम्बु र जिल्ला सचिब देवेन्द्र किशोर ढुङ्गाना लगायतद्वारा अबीर लगाएर बधाई तथा शुभकामना दिएका थिए। उक्त बैठकले पार्टी भद्रपुर नगर समितिका उपाध्यक्ष सरस्वता कन्दङवा,,सल्लाहकार महेन्द्र लावती नगर सदस्य अर्जुन लिम्बु, ,बडा समिति सदस्य दिपक रनपहेलीलाई अन्तरिम बिधान २०७७को परिच्छेद-३को दफा (२) बमोजिम पार्टी हित बिपरित काम गरेको अभियोगमा साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।

Advertisement

पार्टी नगर अध्यक्ष शत्रुघ्न चौधरी को अध्यक्षतामा भएको बैठकमा पहिचानबादी आंन्दोलनमा जनता समाजवादी पार्टी नेपाल को भूमिका र पार्टीको नीति एवं कार्यक्रम बिषयमा प्रदेश सदस्य शर्मिला आङदम्बे,पूर्ब सैनिक प्रहरी संघ केंद्रीय सचिब समर राई,जिल्ला पार्टी सचिब देवेन्द्र किशोर ढुंगाना ले आ आफ्नो धारणा राखेका थिए। कार्यक्रमको संचालन नगर सचिब डुक्पा राई ले गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)