हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जसपा भद्रपुर नगर समितिव्दारा प्रशिक्षण

कमला भट्टराई भद्रपुर। जनता समाजवादी पार्टी भद्रपुर नगर समितिको आयोजनमा भध्रपुर नया, बडा ने१, २, ३ बडा स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको ।

Advertisement

पार्टी क्षेत्र नं, ३ को क्षेत्रिय समितिको कार्यालयमा भएको उक्त प्रशिक्षणमा पार्टी अन्तर्गतका केन्द्र, प्रदेश जिल्ला,, क्षेत्रिय नगर समिति सहित जनबर्गिय संगठनका प्रतिनिधिहरुको बृहत उपस्थिति रहेको थियो।

Advertisement

जसपा नगर अध्यक्ष शत्रुघन चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पृथ्वी कार्कीले पार्टीको रणनैतिक कार्यदिशा बारे बोल्दै नेपाली राजनितिमा बैकल्पिक शक्तिका रुपमा रहेको पहिचानबादीहरुको संघर्षबाट संघियता र गणतन्त्रको स्थायीत्ब रहेको बताए। प्रशिक्षण कार्यक्रममा प्रदेश सदस्य समर राईले पार्टी झण्डाका बिषयमा चर्चा गरेको र पार्टी जिल्ला उपाध्यक्ष खड्गबहादुर खडकाले पार्टी बिधान र आचार संहिता बारे धारणा राखेका थिए।

सो प्रशिक्षणमा जिल्ला सचिब देवेन्द्रकिशोर ढुंगानाले पार्टीको मार्ग दर्शन शिध्दान्त समुन्नत संघिय समाजवादका सन्दर्भमा बोल्दै जातिय अधिकारबाट बंचितमा परेकाहरुको निम्ति संघियता र बर्गिय उत्पीडनमा रहेकाहरुका लागि समाजबादको माध्यमव्दारा मुक्ति दिलाउने पार्टीले अबलम्बन गरेको बैचारिक धारणाबाट नव नेपालको निर्माण सम्भब रहेको जनाए।

युबा नेता राजेन्द्र याता व्दारा संचालन भएको सो कार्यक्रममा प्रदेश सदस्य शर्मिला आङदम्बे, क्षेत्रिय अध्यक्ष बी, बी, थुलुङ, नगर उपाध्यक्ष सरस्वता कन्दङवाल,बडा अध्यक्ष अनुप लिम्बु र् अरुण कुमार श्रेष्ठले पार्टी गतिबिधिका सम्बन्धमा आ -आफ्ना धारणा प्रस्तुत गरेका थिर।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)