हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जिताउने जिम्मा तपाईको, विकासको जिम्मा एमालेको : अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारबाट हटाउन सत्ता गठबनधन दलले विदेशीको चाकरी सम्म गरेको आरोप लगाएका छन् ।

Advertisement

मंगलबार आफ्नै गृहजिल्ला झापाको कमल गाँउपालिका पुगेका ओलीले चुनावी सभालाई सम्बोधन गर्दै गठवन्धनदललाई यस्तो आरोप लगाएका हुन् । एमाले न्याय माग्न जनताका वीचमा आएको भन्दै ओलीले एमालेलाई वैशाख ३० गते मतपेटिका मार्फत न्याय दिनुपर्ने बताएका छन् ।

Advertisement

सम्बोधनमा ओलीले भने , ‘विकासको जिम्मा म जनप्रतिनिधीका हैसियतले म बनाउँछु । म तपाईको मुन्टो यस्तोलाई घोसेमुन्टो लगाउने अवस्थामा राख्दिन , म काम गरेर देखाउँछु ।’ सभालाई सम्बोधन गर्दै ओलीले निर्वाचन पछि फेरि विजयी उत्सव मनाउन कमल गाँउपालिका आउने बताएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)