हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जिम्बावे ‘ए’लाई नेपालले ८ विकेटले हरायो

तेस्रो टी–२० खेलमा नेपालले जिम्बावे ‘ए’ लाई ८ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य नेपालले २५ बल बाँकी छँदै २ विकेटको क्षतिमा पछ्याएको हो ।

Advertisement

नेपाललाई जीत दिलाउन आसिफ शेखले नटआउट रहँदै ८७ रन बनाए । उनले यसक्रमममा १३ चौका र १ छक्का हिर्काए । उनलाई ओपनर कुशल भुर्तेलले ३४ रन बनाउँदै राम्रो साथ दिए । त्यस्तै, बसिर अहमदले १० रनको योगदान दिए ।

Advertisement

यसअघि रोय काइयाको ४९ रनको मतले जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । त्यस्तै, तादिवानासे मारुमानीले २७ तथा लुक जोङवेले २३ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले २ तथा बसिर अहमद र सोमपाल कामीले १–१ विकेट लिए ।

यसअघि पहिलो खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले हराएको थियो भने दोस्रो खेल वर्षाले रद्द भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)