हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापामा इस्लामी संघ व्दारा अभियान संचालन

न्यूज़ ब्यूरो भद्रपुर /इस्लामी संघ नेपालले राष्ट्रव्यापी महिला अधिकार अभियान संचालन गरेको छ। यसै क्रममा मंगलबार झापा गाउ पालिका स्थित कामाटोलीमा एक कार्यक्रमको आयोजना गरी इस्लाममा महिलाको स्थान,अधिकार र कर्तब्यको बारेमा बिचार प्रस्तूत गरेका थिए।

Advertisement

इस्लामी संघ नेपाल झापाका अध्यक्ष मोहम्मद सुभान इस्लाहीको अध्यक्षताम संचालन गरिएको सो अन्तरकृया कार्यक्रममा मुस्लिम बुद्धिजीवी आलम गिर ले अभियान मार्फ़त महिला अधिकारका सम्बन्धमा समाजमा चेतना र परिवर्तन आउने बिचार प्रस्तूत गरे।

Advertisement

अर्का बक्ता संघ झापा का सचिब मुर्शेद अलीले इस्लाम मा महिलाहरुलाई सम्मान र पुरुष सरह नै मानिएको छ भन्दै इस्लाम धर्ममा महिलालाई सम्पूर्ण अधिकार दिएको र शैक्षिक,पैतृक सम्पत्तिमा अधिकार र आत्म निर्भरताको अधिकार ब्यापार,र ब्यबसयको अधिकार प्रदान गरेर स्वाभिमान महसूस गराएको बताए।

कार्यक्रमको अध्यक्षता गर्दै संघ झापा अध्यक्ष मोहम्मद सुभान इस्लाहीले समाजमा रहेको बिकृति,बिसंगती हटाउन महिला हिंसा, लैंगिक हिंसा र भेदभाव लाई अन्त्य गर्न र महिलाहरुको सम्मान र उनीहरुको हक अधिकार को सुनिश्चितताको लागि अभियान महत्वपूर्ण रहेको धारणा राखेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)