झापा, मेचीनगर । झापा जिल्ला अन्तर्गत मेचीनगर नगरपालिका वडा नं. ५ सिताराम टोल निवासी शुक बहादुर सुब्बाका ३७ वर्षीय छोरा उतम सुब्बाको पैनिमा डुबेर मृत्यु भएको छ।

प्राप्त जानकारी अनुसार, मंगलबार साँझ करिब ८:३५ बजे सुब्बा घरबाट करिब ३०० मिटर दक्षिणतर्फ रहेको पैनिमा डुबेको अवस्थामा फेला परेका थिए। घटनाको जानकारी प्राप्त भएपछि साँझ ८:४० बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

हाल घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। थप विवरण आउन बाँकी छ।