हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापामा नेपाल बन्द शान्तिपूर्ण ढंगले सम्पन्न

झापा ,०७ भदौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ राजनीतिक दलले आह्वान गरेको नेपाल बन्द झापामा शान्तिपूर्ण रुपले सकिएको छ।

Advertisement

बन्दका कारण झापामा लामो तथा छोटो दूरीका सवारी साधनहरु आंशिक रुपमा प्रभावित भए भने संस्थागत शैक्षिक संस्था , तथा ढुवानी सेवाहरु बन्द रहेका थिए । बन्दमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नेपाल बन्द शान्तिपूर्ण रुपले सफल भएको नेकपा झापाका जिल्ला सचिव प्रशान्त थापाले जानकारी दिए।

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति उल्लंघन गर्दै पक्राउ पुर्जी जारी गरेपछि विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिस्ट पार्टीले बन्दको कार्यक्रम घोषणा गरेका थिए ।

झापा बाहेक अन्य केही जिल्लामा धरकपड र केहि बन्दकर्ता पक्राउ परेको भएपनि झापामा बन्द शान्तिपूर्ण ढंगले सकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी बसन्त पाठकले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)