झापा—।भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छजिल्ला

झापा, भद्रपुर नगरपालिका–५ स्थित मेची पुलमा मिति २०८२ साल ९ महिना १० गते साँझ करिब ५ः४० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा प्र.१–०३००१ प ४९५५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लागुऔषध फेला पारेको हो।पक्राउ पर्नेमा मोटरसाइकल चालक इलामको माई नगरपालिका–१, दानाबारीका ३१ वर्षीय सन्देश राई र पछाडि सवार सोही स्थानका ४६ वर्षीय टेकबहादुर लिम्बु रहेका छन्।प्रहरीका

अनुसार चालक राईको मलद्वारभित्र प्लास्टिकको पोका बनाई लुकाएर ल्याउँदै गरेको ब्राउन सुगरजस्तो देखिने लिसाईलो पदार्थ बरामद गरिएको हो।बरामद लागुऔषध प्लास्टिकसहित तौल गर्दा ५ ग्राम ६५० मिलिग्राम र प्लास्टिक बाहेक ५ ग्राम १०० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

लागुऔषध तथा मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार