हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

झापाली समाजले युरोपको माल्टामा फुटबल खेल आयोजना गर्दै

युरोपको माल्टामा एक नेपाली संगठन झापाली समाज माल्टा (JSM) ले हिन्दुहरुको सबैभन्दा ठूलो चाड विजया दशमी (दशैं) कोअवसर पारेर १० अक्टोबर २०२१ मा एक भव्य फुटबल एकदिवसीय प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।

JSM EUROCUP २०२१ (7-साइड फुटबॉल टूर्नामेन्ट) को नाममा यस टूर्नामेंट Mosta फुटबल ग्राउन्ड मा आयोजित हुने छ। अध्यक्षश्री तेज बहादुर लिम्बु र कार्यक्रमका मुख्य संयोजक श्री भुवन झाले माल्टामा कुनै पनि नेपाली संगठनले आयोजना गरेको यो अहिलेसम्मको सबैभन्दा ठूलो एकदिवसीय फुटबल प्रतियोगिता हुने बताएका छन्।

Advertisement

यस संगठनले आधिकारिक रूपमा Degiorgio Group (MCSI) को रूप मा कार्यक्रम को लागी एक मुख्य प्रायोजक को पनि घोषणागरेको छ। कम्पनीले € २००० को नगद रकम योगदान गरको छ भने उक्त सहयोगले संस्थालाई ठूलो समर्थन मिलेको र खेल भव्य रुपमासम्पन्न हुनेछ भन्ने विश्वास प्रकट गरिएको छ।

Advertisement

उक्त टुरनामेंटमा 10 देखी 15 वटा टिमको सहभागिता रहने छ 5 वटा टिम माल्टा बाहेक अरू युरोपियन मुलुक बाट सहभागिता जनाउनेउल्लेख भएको छ।टूर्नामेंटको प्रथम पुरस्कार नगत €2551 प्लस ट्रफी रहेको छ भने दोस्रो पुरस्कार €1151 प्लस ट्रफि रहेको बताइएकोछ । खेल अवधी भरीमा खेलाडीको प्रदर्शनका आधारमा best goalkeeper, best defender,best striker, best midfielder, man of the match and man of the tournament को उपाधिले पुरस्कृत गरिने बताइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)