झापा । कनकाई नगरपालिका–२ सुकेडाँगीमा वैवाहिक समारोहका क्रममा झैँझगडा हुँदा पाँच जना घाइते भएका छन्। सुकेडाँगीका धनबहादुर लिम्बूको घरमा जन्ती आएको बेलामा नाचगानका विषयमा विवाद उत्पन्न भई गएराति ११ बजे कुटपिट भएको प्रहरीले जनाएको छ।

कुटपिटमा परेर कनकाई–३ का १८ वर्षीय युकेश न्यौपाने (चिउँडोमा चोट), १८ वर्षीय प्रिन्स ठकुरी (भित्री चोट), १८ वर्षीय आदित्य चिमरिया (टाउकोमा चोट, अवस्था मध्यम) तथा कनकाई–२ का १८ वर्षीय मनिष श्रेष्ठ (टाउको, चिउँडो र दाहिने हातमा चोट) र ३४ वर्षीय भीम राई (टाउकोमा चोट) घाइते भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ। सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

घाइतेहरूलाई उपचारका लागि कनकाई नगर अस्पताल, सुरुङ्गा पठाइएको छ। घटनाबारे सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार