हल्दिवारी । झापा गोल्डकपको पाँचौं संस्करण २१ फागुनदेखि हुने भएको छ । गोल्डकपका लागि सम्पूर्ण तयारी पूरा भएको झापा गोल्डकप आयोजक समितिले जनाएको छ । प्रतियोगिता बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा हुनेछ ।
शनिबारदेखि हुने प्रतियोगिताको तयारी सकिएको आयोजकले बिहीबार पत्रकार सम्मलेन गर्दै जानकारी दिएको हो । प्रतियोगितामा भारतको दार्जिलिङको एम एफसी र सिक्किमको आरपी एफसीको सहित साविक त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्री स्टर क्लब, संकटा क्बल, झापा(११ फुटबल क्बल, एपिएफ फुटबल क्बल, जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लब सहभागी हुने आयोजकले जनाएको छ ।

झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार पाउनेछन् । उप विजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको ‘मस्ट भ्यालुएवल प्लेयर’ले एक थान मोटर साइकल पाउनेछ । यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।
प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद नौ हजार ९९९ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि १२ हजार दर्शक अँट्ने प्याराफिट निर्माण गरेको छ । प्रतियोगिता सम्पन्न गर्ने एक करोड ४० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक समिति अध्यक्ष विनोद बस्नेतले पत्रकार संमेलनमा जानकारी दिए । ।

















