हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापा सुपर लिग : बोस्टन ब्लास्टनबाट करण केसिले खेल्दै , को को छ्न त टिममा ?

 २९ चैत, झापा । आगामी बैशाख ३ गतेदेखि सुरु हुने झापा सुपर लिग(जेएसएल) का लागि बिर्तामोडको बोस्टन ब्लास्टर्स क्लवले करण केसी सहितका खेलाडी मैदान उतार्ने भएको छ ।

Advertisement

Advertisement

ब्लास्टर्सले आज झापाको धुलाबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा रास्ट्रीय टोलीका महत्वपूर्ण खेलाडी करण केसीलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।काँकडभिट्टा खेल मैदानमा आयोजना हुने उक्त प्रतियोगिताको उपाधी जित्ने लक्ष्य सहित ब्लास्टर्सले तयारी गरेको क्लवका अध्यक्ष शोभित बाँस्तोलाले बताए ।

क्लबले मार्की खेलाडीको रुपमा समिर कार्की र आइकोनिक खेलाडीका रुपमा मिनास थापालाई टिममा अनुबन्ध गरेको क्लवका मुख्य प्रशिक्षक विनित बाँस्तोलाले जानकारी दिए ।टोलिको कप्तानी सुरज खड्काले सम्हाल्नेछन भने अन्य खेलाडीहरुमा अभि योङहाङ लिम्बू, अमन गोयल, अर्बिन क्षेत्री रहेका छन् ।वसन्त सिर्जन कोइराला, विवेक चिमरिया, विदान गोश्वामी, विपिन कार्की, दिपु भूजेल, नविन पाठक, राहुल पाठक, सरोज श्रेष्ठ, सिद्धार्थ कुमाल र सुनिल आचार्य बोस्टन ब्लास्टर्सबाट खेल्ने छन् ।

बोस्टन ब्लास्टर्स तीन वर्षअघि बिर्तामोडमा स्थापना भएको बोस्टन क्रिकेट एकाडेमीको क्लब हो । यसअघि विभिन्न प्रतियोगिताको उपाधि समेत उचालिसकेको क्लबले जेएसएलमा राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहितका खेलाडी मैदान उतार्ने योजना प्रमुख विशाल अग्रवालले जानकारी दिए ।

https://fb.watch/cljEB-_xSx/

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)