समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

झापा–३ बाट कांग्रेसका १९ उम्मेदवारको सिफारिस

झापा ,हल्दीबारी । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेस झापा क्षेत्र नं. ३ ले प्रत्यक्ष र समानुपातिकतर्फ गरी १९ जना उम्मेदवारको नाम सिफारिस गरेको छ। क्षेत्रीय सचिव भुपाल बस्नेतका अनुसार प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ११ जनाको नाम केन्द्रमा पठाइएको हो।

प्रत्यक्षतर्फ नवीन बिमली, भगीरथ पोद्धार, श्याम सिटौला, शर्मिला अधिकारी, सीताराम खड्का, टीकाराज ढकाल, राजेन्द्र घिमिरे र देउप्रसाद लिम्बूको नाम सिफारिस गरिएको छ।

विज्ञापन (Advertisement)Advertisement

त्यस्तै समानुपातिकतर्फ सुशीला ढकाल, बडाराम हेमरम, लालबहादुर कन्दङ्वा, सीता तामाङ, खड्गप्रसाद राजवंशी, कृष्णकली राजवंशी, हरिकृष्ण घोष, सीता भट्टराई, लता कार्की, उर्मिला गौतम र सेलेतुन खातुनको नाम सिफारिस गरिएको बस्नेतले बताए।

यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि दयानन्द गोस्वामी, ओम सरावगी र प्रेमविक्रम भट्टराईको नाम पनि केन्द्रमा पठाइएको कांग्रेसले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)