आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । आगामी फेब्रुअरीमा ओमान हुने प्रतियोगिताको लागि आज (बिहीबार) नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरिएको हो ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट १६ सदस्सीय टोली छनोट गरेका हुन् । त्यस्तै प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । यसपटक राष्ट्रिय टोलीमा बलर सोमपाल कामी र विनोद भण्डारी अटाउन सकेनन् ।

आईसीसी टी_२० विश्वकप ग्लोबल छनोट ‘ए’ आगमी फेब्रुअरी १७ देखि २४ सम्म हुनेछ । ग्लोबल छनोट ‘ए’ मा नेपाल सहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ मा छन् ।

त्यस्तै समूह ‘ए’ मा आयरल्यान्ड, युएई, जमर्नी र बहराइन रहेका छन् । समूहका शीर्ष दुई(दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि – २० विश्वकप खेल्न पाउनेछन् ।

नेपाली टिम : 

सन्दीप लामिछाने (कप्तान),कुशल भुर्तेल , ज्ञानेन्द्र मल्ल , दिपेन्द्र सिंह ऐरी , शरद भेषवाकर , करण केसी , आरिफ शेख , कुशल मल्ल , आसिफ शेख , कमल सिंह ऐरी , शाहब आलम , अविनाश बोहरा , ,प्रदिप ऐरी ,जितेन्द्र कुमार मुखिया , विवेक यादव ,लोकेश बम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार