हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

टी-२० सिरिजमा नेपालको लगातार चौथो जित

त्रिदेशीय टी-२० सिरिजमा नेपालले युएईलाई पाँच विकेटले पराजित गरेको छ । सोमबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो।युएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो।

Advertisement

चार बल बाँकी रहँदा नै नेपालले युएईले दिएको १६५ रनको लक्ष्य पूरा गरेको हो। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४० रन बनाए। नेपालका ओपनर आशिफ शेखले ६२ रन बनाए। अर्का ओपनर कुशल भुर्तेल एक रन, कुशल मल्ल शून्य र सोमपाल कामी दुई रनमै आउट भए।

Advertisement

कप्तान रोहित पौडेलले ४७ रन बनाएर आउट भए। बलिङतर्फ अन्तिम ओभरमा करण केसीले अलि नसिरलाई आउट गरेका थिए। त्यसअघि अविनाश बोहराले युएईको दुई महत्वपूर्ण विकेट लिए। युएईका बसिल हमिद र भ्रित्य अरविन्दलाई अर्धशतक बनाउनबाट बोहराले रोकेका हुन्। उनीहरू दुबैजना ४५ रन बनाएर आउट भएका थिए।

त्यसअघि कुशल मल्लले १२.१ ओभरमा गरेको बलमा अलिशान शराफु रनआउट भएका थिए। उनी ९ रन बनाएर आउट भएका हुन्। गुलशन झाले ८.५ ओभरमा आसिफ खानलाई आउट गरेका थिए। खान १८ रन बनाएर आउट भएका हुन्। झाको बल प्रहार गर्नेक्रममा सोमपाल कामीले क्याच आउट गरेका थिए।

सोमपाल कामीले पनि दुई विकेट लिएका छन्। उनले मोहम्मद वासीमलाई आउट गरेका हुन्। उनलाई गुलशन झाले क्याच आउट गरे। वासीम आठ रन बनाएर आउट भएका हुन्।

सोमपालले नै खालिद शाहलाई पहिलो ओभरको छैटौं बलमा बोल्ड गरेका हुन्। शाह १२ रन बनाएर आउट भए।  नेपालले यस सिरिजमा लगातार चार जित हात पारिसकेको छ। हङकङलाई दुई पटक र युएईलाई दुई पटक पराजित गरिसकेको छ। चार जित हात पारेसँगै नेपालले शुक्रबार हुने कीर्तिपुर क्रिकेट मैदानमा फाइनल खेल्नेछ। त्यसअघि बुधबार युएई र हङकङबीच मुलपानीमा खेल हुनेछ। आइतबार युएईले हङकङलाई ६ विकेटले पराजित गरेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)