हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

टोटनहम पराजित, एटलान्टाको गोल वर्षा

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा इङ्लिस क्लब टोटनहम हटस्पर्स जर्मन क्लब आरबी लेइपजीगसँग १–० गोल अन्तरले पराजित भएको छ । लेइपजिगको जीतमा एक मात्र गोल टिमो वेर्नरले गरे ।

Advertisement

खेलमा घाइते रहेका सन हिउङ मिन र ह्यारी केन बिना नै मैदानमा उत्रेको स्पर्सले विपक्षीको पोष्टमा उल्लेख्य आक्रमण गर्न असफल भएको थियो ।

Advertisement

गोलकिपर ह्युगो लोरिस नायक बन्दा मात्र स्पर्स ठूलो गोलअन्तरले पराजित हुनबाट जोगिएको थियो ।खेलको ५८ औँ मिनेटमा वेर्नरले पेनाल्टीबाट निर्णयक गोल गर्दै लेइजीगलाई जीत दिलाएका थिए।

टोटनह्यामले अब शनिबार इङ्लिस प्रिमियर लिगमा स्टिाम्फोर्ड ब्रिजमा अब चेल्सीको सामना गर्नेछ ।उता, स्पेनिस क्लब भ्यालेन्सिया भने एटलान्टासँग ४–१ ले स्तब्ध बनेको छ ।एटान्टाको जीतमा हान्स हाटेबोएरले दुई तथा जोसिप इलिसिच र रेमो फ्रेउलरले एक–एक गोल गरे । भ्यालेन्सियाका लागि डेनिस चेरसेभले सान्तवना गोल फर्काए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)