हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

डेनमार्क विश्वकपमा छनोट हुने दोस्रो टोली

डेनमार्क कतारमा हुने फिफा विश्वकप-२०२२ मा छनोट हुने दोस्रो टोली बनेको छ । युरोपेली क्षेत्रको छनोट अन्तर्गत मंगलबार राति भएको भएको खेलमा अष्ट्रियालाई १-० ले पराजित गर्दै डेनमार्क विश्वकपमा छनोट भएको हो ।

Advertisement

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा डेनमार्कले १ गोल गर्यो । दोस्रो हाफको ५३ औं मिनेटमा जोकिम माहेलले गोल गर्दै देन्मर्क्लाई अग्रता दिलाएका थिए । त्यसपछि थप समयमा कुनै टोलीबाट गोल भएन र खेल डेनमार्क ले १-० ले आफ्नो पक्षमा पार्दै विश्वकपमा छनोट भयो ।

Advertisement

यसअघि जर्मनी विश्वकपमा छनोट हुने पहिलो टोली भएको थियो । समूह ‘जे’ मा ८ खेलबाट २४ अंक जोडेको डेनमार्क शीर्ष स्थानमा रहँदै दुई खेल अगाबै विश्वकपमा छनोट भएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)