हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दक्षिण अफ्रिकालाई हराएपछि पाकिस्तानको सेमिफाइनल सम्भावना जीवितै

आइसिसी टी-२० विश्वकपमा पाकिस्तानको सेमिफाइनल सम्भावना जीवितै बनेको छ। बिहीबार सिड्नीमा भएको खेलमा दक्षिण अफ्रिकालाई डिएल मेथडमा ३३ रनले हराउँदै पाकिस्तानले अन्तिम चारको यात्रा जीवितै राखेको हो। जितसँगै पाकिस्तान समूह-२ मा ४ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको भारतको ६ अंक छ भने दोस्रो स्थानको दक्षिण अफ्रिकाको ५ अंक छ। चौथो स्थानको बंगलादेशको पनि ४ अंक छ।

Advertisement

अब अन्तिम चरणमा पाकिस्तान-बंगालदेश, भारत-जिम्बावे र दक्षिण अफ्रिका-नेदरल्यान्डबीच खेल हुनेछ। तीनै खेल आइतबार हुनेछन्। भारत र दक्षिण अफ्रिकाले आ-आफ्नो खेल जिते अन्तिम चारमा पुग्नेछन्। पाकिस्तानलाई भने आफूले जितेर मात्र पुग्दैन भारत वा दक्षिण अफ्रिकाको हारको कामना गर्नु पर्नेछ। दक्षिण अफ्रिकाले हारेको अवस्थामा जित हात पारेको पाकिस्तान सिधा अन्तिम चारमा पुग्नेछ। भारत पराजित भएको अवस्थामा पाकिस्तान अन्तिम चारमा पुग्न रन रेटमा अघि हुनु पर्नेछ।

Advertisement

बंगलादेशका लागि पनि अन्तिम चारमा पुग्न पाकिस्तानकै जस्तो समिकरण हुनु पर्नेछ। तर पाकिस्तानभन्दा कम रनरेट भएका कारण सहज भने छैन। बिहीबार पाकिस्तानले दिएको १८६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ब्याटिङ गरिरहदा खेल वर्षाले अबरुद्ध भएको थियो। नवौं ओभरमा खेल अबरुद्ध हुँदा दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा ६९ रन जोडेको थियो।

वर्षाले खेल अवरुद्ध हुँदा खेल १४ ओभरमा झारियो भने दक्षिण अफ्रिकाले १४२ रनको नयाँ लक्ष्य पायो। जसमा दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा १०८ रन मात्र जोड्न सक्यो। उसका लागि कप्तान तेम्बा बाभुमाले १९ बलमा ३६ रन र एडिन मक्रमले १४ बलमा २० रन जोडे।

बलिङमा पाकिस्तानका साहीन साह अफ्रिदीले ३ विकेट र सादब खानले २ विकेट हात पारे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेटको क्षतिमा १८५ रन जोड्यो। पाकिस्तानका लागि सादब खानले ५२ रन र इफ्तिखर अहमेदले ५१ रन जोडे। बलिङमा दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले ४ विकेट लिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)