झापा, ९ मंसिर । झापाको दमक नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
दमक–७ लालिगुराँस टोलस्थित भित्री सडकखण्डमा गएराति हनुमान मन्दिरतर्फबाट रतुवापुलतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१७ प ३३४४ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल दुर्घटनामा परेको हो। मोटरसाइकल सडकको पूर्वपट्टि रहेको पानी भरिएको ढलको नालीमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा ज्यान गुमाउनेमा झापा कमल गाउँपालिका–६ निवासी खङबहादुर राईका ३८ वर्षीय छोरा विनोद राई रहेका छन्। उनको शव नालीभित्रै फेला परेको थियो।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमाण्डमा टोली खटिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















