हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ९ महिना अगाडि

दार्जिलिङमा भीषण वर्षा र पहिरो : २० जनाभन्दा बढीको मृत्यु

झापा । भारतको पश्चिम बंगाल राज्यअन्तर्गत दार्जिलिङ क्षेत्रमा गएको भीषण वर्षा र पहिरोका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ। लगातारको वर्षापछि पहाडी नदीहरूमा आएको भेलले गाउँ, सडक र पूर्वाधारहरूमा व्यापक क्षति पुर्‍याएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Advertisement

स्थानीय सांसद हर्षवर्धन शृङ्गलाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने, “गतराति दार्जिलिङ पहाडमा आएको आँधी–वर्षाले कम्तीमा २० जनाभन्दा बढीको ज्यान गएको पुष्टि भएको छ। स्थानीय प्रशासन र उद्धार टोली घटनास्थलमा परिचालित छन्।”

Advertisement

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो शोक व्यक्त गर्दै ट्विटमार्फत भनेका छन्, “दार्जिलिङ र आसपासका क्षेत्रमा वर्षा र पहिरोपछि उत्पन्न अवस्थालाई सरकार नजिकबाट निगरानी गरिरहेको छ। ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछु।”

त्यस्तै, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि विज्ञप्ति जारी गर्दै भनिन्, “हिजो राति छोटो अवधिमा परेको अप्रत्याशित भारी वर्षा र तीव्र भेलका कारण धेरै बस्तीहरू बाढी र पहिरोबाट प्रभावित भएका छन्।”

मुख्यमन्त्रीका अनुसार दुईवटा फलामका पुलहरू भत्किएका छन्, मुख्य सडकहरू क्षतिग्रस्त भएका छन् र ठूला क्षेत्रहरू अझै पनि पानीमुनि छन्। उद्धार टोलीहरूले बाढी प्रभावित क्षेत्रमा राहत र खोजीकार्य जारी राखेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)