काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ।

हालसम्म तीन लाख ९६ हजार थान राहदानी छपाइ भई आपूर्ति भइसकेको र आवश्यक परेकालाई तत्कालै वितरण गर्न सकिने अवस्थामा पुगेको विभागले बताएको छ।
विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय गरिएको थियो। सोही निर्णयअनुसार राहदानी पुस्तिकाको आपूर्ति सुनिश्चित भएसँगै विभाग अहिले पूर्ण क्षमतामा राहदानी वैयक्तिकरण गरिरहेको छ।

अब जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिएका सेवाग्राहीलाई राहदानी सहज रूपमा उपलब्ध गराइने विभागले जनाएको छ।
विभागका अनुसार मङ्सिर १५ गतेसम्म आवेदन दिएका सेवाग्राहीले पुस १५ गतेसम्म नयाँ राहदानी प्राप्त गर्नेछन्। त्यसपछि आवेदन दिनेहरूलाई क्रमशः राहदानी वितरण गरिनेछ।

अन्तरिम अवधिका लागि आवश्यक राहदानी पुस्तिका उपलब्ध भइसकेकाले अब वितरण प्रक्रिया सहज र नियमित हुने विभागले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार