हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

देउवालाई यस्तो सुझाव दिँदै माधव नेपालले भने– ‘सरकारमा सहभागी हुन सकिएन’

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई काबिल र रचनात्मक सहयोगीहरू राख्न सुझाव दिएका छन् । उनले भने, ‘प्रधानमन्त्री मात्रै पर्याप्त हुँदो रहेनछ । सहयोगी, सहयोद्धाहरू पनि त्यस्तै काबिल चाहिन्छ । समर्पित चाहिन्छ । रचनात्मक चाहिन्छ ।’

Advertisement

नेपालले पार्टी एकताको प्रयास भैरहेकोले तत्काल सरकारमा सहभागी हुन नसक्ने जानकारी देउवालाई दिएका छन् । आफूहरु सरकारमा सहभागी हुन नसके पनि मनित्रमण्डललाई तत्काल पूर्ण गर्न देउवालाई नेपालले सुझाव दिएका छन् ।

Advertisement

नेपालको सुझाव बमोजिम काँग्रेस, माओवादी र जसपाले मन्त्रालयको वाँडफाँड पनि गरेका छन् । जसअनुसार काँग्रेसलाई प्रधानमन्त्रीसहित आठ मन्त्रालय परेको छ । त्यसैगरी माओवादी र जसपालाई सात सात मन्त्रालय परेको छ । उनीहरुले भोलि नै मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)