काठमाडौँ  । गठवन्धको समर्थनमा प्रधानमन्त्री बनेका नेपाली कांग्रेका सभापति समेत रहेका शेरबहादुर देउवाले अबचाडै मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् ।

पार्टीका सबै पक्षलाई मिलाएर मन्त्रिमण्डल विस्तार गर्ने तयारमिा लागेका छन् । स्रोतका अनुसार सुजता कोइरालालाई परराष्ट्रको जिम्मेवारी दिने बुझिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सप्तरी ४ बाट प्रत्यक्ष निर्वाचित तेजुलाल चौधरी मन्त्री बन्ने लगभग पक्का भएको स्रोतको दावी छ । त्यस्तै , कृष्ण सिटौलाको पक्षबाट बारा १ बाट प्रत्यक्ष निर्वाचित उमाशंकर चौधरी मन्त्री बन्ने सुचीमा परेको बुझिएको छ ।

प्रधानमन्त्री देउवा निकट डा. नारायण खड्का विकासे मन्त्रालय र पुष्पा भुसाल पनि मन्त्री बन्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार