हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

देश विकासका लागि एमालेलाई मत दिन आग्रह

नेकपा (एमाले) का सचिव लेखराज भट्टले एमाले नेपाली जनताको सुख दुःखको साथी भएकाले आगामी स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारलाई मत दिन आग्रह गर्नुभएको छ । नेकपा एमाले डोटीले यहाँको जोरायल गाउँपालिका–४ सिलिङ्बागमा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले एमाले सो आग्रह गर्नुभएको हो । उहाँले दार्चुलाको महाकालीमा भारतीय एसएसवीका सेनाले तुइनको डोरी काटेको घटनादेखि सुदूरपश्चिमका नागरिकका हरेक समस्यामा एमाले साथमै रहेको बताउनुभयो ।

Advertisement

उहाँले देशी विदेशी शक्तिले नेपालमा कम्युनिष्ट शासन देख्न नसकेर नेकपा फुटाएका प्रसङ्ग उल्लेख गर्दै यो फुटबाट एमालेलाई कुनै असर नगर्ने दाबी पनि गर्नुभयो । पूर्वमन्त्री भट्टले एमाले सरकारमा रहँदा स्थानीय क्षेत्रमा धेरै विकास गरेको दाबी पनि गर्नुभयो । त्यसैले पनि नागरिकले एमालेलाई मत दिने तर्क उहाँले गर्नुभयो ।

Advertisement

उहाँले आफ्नो गाउँठाउँको विकास गर्ने र स्थानीयस्तरमा जनताका समस्या र पीरमर्कामा साथमा रहनसक्ने उम्मेदवार छान्न आग्रह गर्दै भन्नुभयो, “स्थानीय तह भनेका तपाईँहरुका घरआँगनकै सरकार हुन्, त्यसैले आफ्ना हरेक पलमा काम लाग्ने र सहयोगी उम्मेदवार छान्नुहोला । ” रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)