हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

दोश्रो भक्तपुर कप फुटबलको उदघाटन खेलमा आयोजक टीम विजयी

भक्तपुर, ६ फागुन । भक्तपुर युवा टिम गोल्मढी भक्तपुर ७ को आयोजनामा शुक्रबारदेखि सुरु भएको दोश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिताको उदघाटन खेलमा आयोजक टीम भक्तपुर युवा टीम विजयी हुन सफल भएको छ । आयोजक टिमले बौद्ध एफसी काठमाडौंलाई ४—२ को गोल अन्तरले विजय यात्रा थालेको होे ।

Advertisement

प्रतियोगिताको पहिलो गोल विजयी आयोजक टीमकैतर्फबाट भएको थियो । आयोजक भक्तपुर युवा टीमका जर्सी नं १७ का विक्रान्तनरसिंह रानाले पहिलो गोल गरेका थिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी युवा टीमकै जर्सी नं १७ का विक्रान्तनरसिंह राना घोषित भए । उदयीमान खेलाडी बौद्ध एफसीका जंर्सी नं १६ का सागर तामाग घोषित भए । प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट उदयीमान खेलाडीलाई एक हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको दोश्रो दिन शनिबार तीन खेल हुने जनाइएको छ ।

Advertisement

यसअघि विहान प्रतियोगिताको उदघाटन संघीय साँंसद एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव प्रेम सुवालले एक समारोहवीच गरे । उदघाटन समारोहमा भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासु, आयोजक टिमका संस्थापक अध्यक्ष विश्वराम कवां, टिमका सल्लाहकार उकेश कवां, महानगरीय प्रहरी बृत जगातीका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ, अखिल नेपाल फुटबल एसोसिएसन एन्फाका उपाध्यक्ष वीरजंग शाह, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखूलगायतले खेलकुदका विभिन्न क्षेत्रबारेमा चर्चा गरे ।

प्रतियोगिता फागुन ५ गतेदेखि १३ गतेसम्म हुने जनाइएको छ । प्रतियोगिताका खेल महेश्वरी खेल मैदान भक्तपुरमा सुरु भएको हो । प्रतियोगिताको विजेताले १ लाख २५ हजार र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । प्रतियोगितामा देशका विभिन्न जिल्लाहरुबाट १६ वटा टिमहरुको सहभागिता हुनेछ । अनुशाशन र स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो । टिमले गतवर्ष २०७८ फागुन ६ देखि १४ सम्म खुल्ला भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)