हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ११ महिना अगाडि

धम्कीले चीनलाई रोक्दैन- राष्ट्रपति सी जिनपिङ

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई कुनै पनि धम्कीले रोक्न नसक्ने बताएका छन्। बेइजिङमा आयोजित विजय दिवस परेडलाई सम्बोधन गर्दै उनले चीन सधैं अगाडि बढ्ने र कहिल्यै दबाबमा नपर्ने बताएका हुन्।

Advertisement

उनले भने, “इतिहासले देखाएको छ, चीनलाई धम्काउनेहरू पतन हुन्छन्। हामी आज चीनको विजयको ८०औं वर्षगाँठ मनाइरहेका छौं। चीन धम्कीबाट कहिल्यै डराउँदैन, बरु नयाँ यात्रा र नयाँ युगतर्फ अघि बढ्छ।”

Advertisement

यस अवसरमा चीनले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेड आयोजना गर्‍यो। यो परेड दोस्रो विश्वयुद्धमा जापानले चीनमा आत्मसमर्पण गरेको ८०औं वर्षगाँठको अवसरमा गरिएको हो।

परेड अघि राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ-उनसँगै देखिएका थिए। पहिलोपटक यी तीन नेताहरू सार्वजनिक रूपमा एउटै मञ्चमा देखिएका हुन् र उनीहरू विश्वभरका नेताहरूबीच अगाडिको पंक्तिमा थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)