हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

धर्म परिबर्तनको डढेलोले मुलुक धार्मिक द्वन्द तर्फ जान सक्ने : कमल थापा

२१ चैत्र , मन्थली । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिगतमा ठुलो पार्टी बन्ने चाहनामा परि गलत प्रवृत्तिसंग सम्झौता गर्दै बाटो बिराएको स्विकारेका छन् ।आज राप्रपा नेपाल रामेछाप जिल्ला समितीद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले बिगतमा जनमुखी हुन नसकेको, संगठनमुखी नभएको बताए।
उनले सत्ता केन्द्रित फोहरी खेलमा अलमलिदा पार्टी महत्त्वहिन र भुमिका बिहिन भएकोले बिगतका त्रुटि र कमजोरी सच्याउदै आगामी दिनमा गल्ती नगर्ने बाचा सहित राप्रपा नेपाल पुनर्जागृत गरि जनताको माझमा आएको समेत स्पष्ट पारे ।नेपाललाई बाह्य शक्ति केन्द्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेल अनुसार काम भैरहेको भन्दै थापाले ठुला भनिने दलहरु मुलुकको स्वाधिनता र समृद्धिमा भन्दा ब्रम्हलुटमा केन्द्रित भएको समेत आरोप लगाए ।
भ्रष्टाचार, बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदुरदर्शी दलहरुको बिकल्प खोज्ने बेला भन्दै थापाले राप्रपा नेपाल नै अरु असफल दलको बिकल्प हुन सक्ने दाबी गरे । धर्म परिबर्तनको डढेलोले गर्दा मुलुक धार्मिक द्वन्द तर्फ जानेमा समेत थापाको चिन्ता थियो । राप्रपा नेपालले आगामी दिनमा राजाको एजेन्डालाई कार्यनिती बनाउन नसकिने भन्दै पार्टीको एजेन्डा  सम्बर्द्धनवाद, सुशासन, हिन्दुत्व र समृद्धि हुने स्पष्ट पारे ।
अध्यक्ष थापाले सुनकोसी मरिण डाईभर्सनले असर गरेकाहरूकाे उचित क्षतिपूर्ति पाउनु पर्ने समेत बताय । कार्यक्रममा पार्टीका उपाध्यक्ष लाक्पा तामाङ र महामन्त्री राजाराम बर्तौलाले राप्रपा नेपाल आगामी दिनमा मुलुकको बलियो राजनीतिक शक्तिको रुपमा स्थापित हुने दाबी गरे । जिल्ला अध्यक्ष रामचन्द्र कँडेलको अध्यक्षमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपा नेपाल प्रबेश गर्नेहरुलाई अध्यक्ष थापाले सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)