काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ यात्राको शुभकामना दिएका छन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै ओली सत्ता बाहिर पुगेका छन् ।

ओली सरकार बाहिर पुगेपछि अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत उनलाई नयाँ यात्राको शुभकामना दिएका हुन् । थापाले निवर्तमान प्रधानमन्त्री ओलीको ३ अविस्मरणीय योगदान बारे बताएका छन् ।

उनले ओलीको योगदान लिम्पियाधुरा सहितको भूभाग माथिको सशक्त दावी कायम गर्दै नेपालको’चुच्चेु नक्सा निर्माण र पृथकतावादी सिके राउत र विप्लव माओवादीको राष्ट्रिय मूलधारमा प्रवेश ‘ रहेको बताएका छन् । उनले जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामना भनेका छन् ।

उनले लेखेका छन् – ‘निवर्तमान प्रम @kpsharmaoli को अविस्मरणीय योगदान: लिम्पियाधुरा सहितको भूभाग माथिको सशक्त दावी कायम गर्दै नेपालको ुचुच्चेुनक्सा निर्माण तथा पृथकतावादी सिके राउत र विप्लव माओवादीको राष्ट्रिय मूलधारमा प्रवेश, जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामनाु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार