हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नागरिक पार्टी कन्काई नगर स्तरीय बैठक सम्पन्न

हल्दिबारी न्यूज डेक्स सुरुंगा – ३१ साउन / नेपाली नागरिक पार्टी कन्काई नगर बैठक सुरुंगामा सम्पन्न भएको छ । उक्त बैठकले युबा सामाजिक अभियन्ता देबी प्रसाद भेटवाललाई पार्टी नगर इन्चार्जमा र महिला सणाजसेबी निर्माया पाठक(कडरिया) लाई महिला नागरिक संघ नगर संयोजकमा चयन गरेको छ ।
बैठकमा सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी राष्ट्रिय अध्यक्ष रामचन्द्र बानियां क्षेत्रीले पार्टीले अघि सारेको सनातन हिन्दूराष्ट्र नेपालको मांगलाई जनमत संग्रह मार्फत स्थापना गर्नका निम्ति नागरिक बीच गई अभियान चलाउन आग्रह गरेको छ ।
बैठकमा पार्टी केन्द्रिय सदस्य देवेन्द्र किशोर ढुंगाना,प्रकाश नारायण चौधरी,नगर युबा संयोजक उमेश दाहाल लगायतका बक्ताहरुले बर्तमान राष्ट्रिय समस्याको समाधानको पुष्टि बैकल्पिक लोकतांत्रिक व्यबस्थाबाट हुन सक्ने र देशमा बढ़दो बैदेशिक हस्तक्षेपका बिरुध्द नेपाली नागरिकहरु राष्ट्रबादी-देशभक्तको कित्तामा उभिन अपिल गरेका छन ।
पार्टी नगर इन्चार्ज भेटवाल महिला नागरिक संघ नगर संयोजक कडरिया लामो समयदेखि राष्ट्रबादी अभियानमा संलग्न रही “सनातन हिन्दूराष्ट्र नेपाल “को पक्षमा सक्रियताका साथ काम गर्दै आएका ब्यक्तित्बहरु हुन ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)