हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता ?

काठमाडौँ – नेकपा एमालेले दर्ता भएको छ। नेकपा एमालेले बुधबार निर्वाचन आयोगमा दर्ता भएको हो।

Advertisement

दर्ता प्रक्रिया शुरु भएसँगै विवादमा परेको नेकपा एमालेको दर्ताले अहिले आएर वैधता पाएको छ। निर्वाचन आयोगले बुधबार पार्टीलाई वैधता दिने निर्णय गरेको बताइएको छ। निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले नेकपा (एमाले) नामको दल दर्ता भएको पुष्टि गरेका छन्।

Advertisement

निर्वाचन आयोगका अनुसार दर्ता भएको पार्टीको अध्यक्षमा सन्ध्या तिवारी र महासचिवमा मनिषकुमार उपाध्याय रहेको रहेका छन्। यस्तै उक्त पार्टीको चुनाव चिह्न ‘उदाउँदो सूर्य’ रहनेछ।दर्ता भएको पार्टीको विधानमा पूरा नाम ‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत( मार्क्सवादी, लेनिनवादी)’ रहेको छ। त्यसलाई छोटकरीमा ‘नेकपा (एमाले)’ भनिने

गत निर्वाचन पश्चात तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमाले बीच एकता भएसँगै नेकपा एमाले भंग भएको थियो। सत्तारुढ नेकपा भित्र विवाद चुलिएका बेला केहि महिना अगाडी निर्वाचन आयोगमा नेकपा एमाले दर्ताको लागि निवेदन परेको थियो।

नेकपका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमले दर्ताको अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको इशारामा भएको दावी गरेका थिए । प्रचण्डको उक्त आरोप पश्चात नेकपा विवाद थप जटिल भनेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)