हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ११ महिना अगाडि

नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौला, मिस ग्राण्ड नेपाल २०२५ को अफिसियल कोरियोग्राफी सम्पन्न

काठमाडौँ । नेपालका सबैभन्दा कान्छा  १७ वर्षीय कोरियोग्राफरका रूपमा परिचित गौरव सिटौलाले मिस ग्राण्ड नेपाल २०२५ को अफिसियल कोरियोग्राफी सम्पन्न गरेका छन्। उक्त प्रतियोगितामा जेसिका सिंह ठकुरी विजेता बनेकी छिन्।

Advertisement

उनीहरू दुवै एउटै कक्षामा अध्ययन गरिरहेका विद्यार्थी साथीहरू पनि हुन् ठकुरी पनि १७ वर्षीय छिन्। उनी थाइल्याण्डमा हुने मिस ग्राण्ड इन्टरनेशनलमा नेपाल प्रतिनिधित्व गर्दैछिन्।

Advertisement

लिंक हेर्नु होला : गत जेठ ३ गते होटल हायतमा नुरासँग डान्स गरेको भिडियो अन्तर्राष्ट्रिय जगतमा निकै भाइरल भएको थियो। यो भिडियोसँगै नेपाल तथा भारतमा गौरवका फ्यानहरू बढ्दै गएको देख्न सकिन्छ। https://www.instagram.com/reel/DJyl49yotZP/?

सिटौला ‘नन्दिनी अर्ग्यानिक मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२४’ का पुरुषतर्फका विजेता हुन्। सो प्रतियोगितामा क्विन्सी श्रेष्ठ महिलातर्फ विजेता बनेकी थिइन् भने, ९३ प्रतिस्पर्धीलाई उछिन्दै उनीहरूले उपाधि जितेका थिए। त्यही प्रतियोगितामा पुरुषतर्फ अवय खड्गी र महिलातर्फ जेसिका सिंह ठकुरी ‘फर्स्ट रनर अप’ बनेका थिए।

 

आयोजक एभरेष्ट इभेन्ट्सका अनुसार विजेताले विज्ञान, व्यवस्थापन वा मानविकी तहमा +२ अध्ययनका लागि छात्रवृत्ति पाएका छन्। साथै, गौरव र जेसिकाले एभरेष्ट फिल्म एकेडेमीमार्फत एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति पनि प्राप्त गरेका छन्।

हाल गौरव र जेसिका सातदोबाटो खुमलटारस्थित एआईटीएम कलेजमा १२ कक्षामा अध्ययनरत छन्। गौरवले कान्छो कोरियोग्राफरसँगै कान्छो निर्णायक बनेर पनि कीर्तिमान राखेका छन्।

बलिउडका चर्चित कलाकार शाहरुख खान, नोरा फतेही, ज्याकलिन फर्नान्डेज र नेहा कक्कड जस्ता स्टारसँग काम गर्ने अवसर पाइसकेका गौरवले आफ्नो विधामा निरन्तर सफलता आर्जन गरिरहेका छन्। विशेष कुरा के छ भने उनले कुनै नृत्य केन्द्रबाट औपचारिक तालिम नलिएर घरमै ऐना अगाडि अभ्यास गर्दै नृत्य सीप सिकेका हुन्।

उनका पिता हरि सिटौलाका अनुसार, गौरवको मेहनत, आत्मविश्वास र निरन्तरताले उनलाई आजको स्थानसम्म ल्याएको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)