हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

नेपालका मदरसामा लुकेर पाकिस्तानी नागरिक! सरकारले अनुसन्धान गर्नै भुलेको हो?

काठमाडौँ । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलापछि भारत सरकारले कडा सुरक्षा नीति लागू गर्दै सीमा क्षेत्रमा रहेका मस्जिद र मदरसाहरू भत्काउन थालेको छ। तर, सिमा पारिको नेपाल सरकार भने अझै ‘निद्रामा’ रहेको देखिएको छ।

Advertisement

भारतसँग १,७५० किलोमिटर लामो खुला सिमा जोडिएको नेपालको तराईका सीमावर्ती जिल्लाहरू — पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी, महोत्तरी, धनुषा, मोरङ, नवलपरासी लगायतका क्षेत्रमा सञ्चालनमा रहेका सयौं मस्जिद र मदरसाहरूमा पाकिस्तानी नागरिकहरूको बसोबास रहेको गुप्तचर रिपोर्ट आएको छ। तर, नेपाल सरकारले अहिलेसम्म कुनै औपचारिक अनुसन्धान थालेको छैन।

Advertisement

गोप्य स्रोतका अनुसार, पर्यटक भिसामा नेपाल प्रवेश गरेका पाकिस्तानी नागरिकहरूले धार्मिक स्थलहरूलाई आड बनाएर भारत विरोधी गतिविधि गरिरहेका छन्। रातको अँध्यारोमा सीमावर्ती गाउँहरूबाट उनीहरू सजिलै भारतीय भूभागमा प्रवेश गर्न सक्ने अवस्थामा छन्। भारतको आँगनमा नेपालबाट आगो सल्कनसक्ने डर बढ्दो छ।

तीन हजार पाकिस्तानी नेपालमा?

अनुमानित तथ्याङ्कअनुसार करिब ३,००० पाकिस्तानी नागरिक नेपालमा गैरकानुनी रूपमा बसोबास गरिरहेका छन्। तीमध्ये धेरैले नेपाली महिलासँग विवाह गरेर नागरिकता समेत लिएका छन् भने अन्य आफन्त वा मदरसाहरूमा लुकेर बसेका छन्। नेपाल मुस्लिम आयोग र इस्लामिक संघ नेपालजस्ता संघसंस्थाहरूले तिनीहरूको संरक्षण गरिरहेको आरोप समेत लागेको छ।

सरकार किन मौन?

पर्सा जिल्लाका डीएसपी किशोर लम्सालले यसबारे कुनै अनुसन्धान नभएको स्पष्ट पारेका छन्। “त्यस्तो निर्देशन आएको छैन”, उनी भन्छन्। जबकि, भारतले आफ्ना सीमावर्ती क्षेत्रमा रहेका यस्ता संरचनामाथि कडा कारबाही गरिरहेको छ।

धार्मिक आडमा अवैध गतिविधि?

विश्लेषकहरू भन्छन् — मस्जिद वा मदरसाको नाममा अवैध पाकिस्तानी गतिविधिलाई संरक्षण गर्नु न नेपालका लागि राम्रो हो, न भारतका लागि। यदि नेपालले बेलैमा सर्तकता अपनाएन भने, क्षेत्रीय सुरक्षामा गम्भीर खलल पुग्न सक्छ।

हिन्दू नेताहरूको चासो

विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र सिंह भन्छन्, “भारत संकटमा हुँदा नेपाल चुप लागेर बस्नु हुँदैन। अविलम्ब अवैध पाकिस्तानी नागरिकहरूको सर्वेक्षण र कारबाही सुरु हुनुपर्छ।”

मधेश प्रदेश सरकारको चेतावनी

मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले भने, “यदि कोही पनि पाकिस्तानबाट आएर हाम्रो भूमि भारत विरोधी गतिविधिमा प्रयोग गरिरहेको प्रमाणित भए, उनीहरूमाथि कडा कारबाही हुन्छ। मधेश भारतविरुद्ध प्रयोग हुन दिइने छैन।”

नेपालको खुला सीमाको फाइदा लिएर कोही आतंक फैलाउन नआओस् भन्नेमा सरकारको ध्यान कहिले जान्छ? यही यक्षप्रश्न छ, जसको जवाफ आज लाखौं नेपाली खोजिरहेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)