हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेपालगञ्जमा धुमधामले इद मनाइयो

इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र (इद) नेपालगञ्जमा आज हर्षोल्लासका साथ धुमधामले मनाइएको छ ।पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा)पछि नेपालगञ्जको इदगाहमा आज बिहान ‘इद उल फित्र’ इदको सामूहिक नवाज पढिएको थियो । सडकमा खचाखच मुस्लिम भक्तजन कोही सडकमा, कोही मस्जिदभित्र त कोही घरका छतछतमा बसेर नवाज पढ्दै थिए ।

Advertisement

मस्जिदभित्र स्थान साँघुरो भएका कारण आधाभन्दा बढी प्रार्थना गर्नेहरू सडकमै कपडा ओछ्याएर प्रार्थना गरिरहेका थिए । प्रार्थना सकेपछि एकापसमा अङ्कमाल गर्दै इदको शुभकामना आदानप्रदान भएको थियो । आत्मसंयम र शुद्धीका लागि नवौँ महिनामा एक महिनाभरि रोजा बसेर दशौँ महिनाको पहिलो दिन इद मनाउने चलन छ ।

Advertisement

रमजान सकिएको खुसीयालीमा इदगाहमा जम्मा भएर सामूहिकरूपमा प्रार्थना गरी एकापसमा शुभकामना साटासाट गर्नेसमेत प्रचलन छ । ‘इद उल फित्र’ इदका अवसरमा प्रत्येक मुस्लिम समुदायको घरघरमा सेवाइ, जर्दा पुलाउजस्ता विशेष पकवान पकाई आफू खाने र आफन्तका घरमा पठाउने प्रचलनसमेत रहेका कारणले यसलाई मिठी इद पनि भन्ने गरिन्छ ।

रोजा सूर्योदय हुनुभन्दा अघिदेखि सूर्यास्तसम्म चल्ने र यस महिनामा गरिब तथा विपन्नलाई आर्थिक सहयोगलगायत अन्य दान दिने चलन रहेको नेपालगञ्जका मुस्लिम अगुवा निजामुद्दिन इद्रिसीले जानकारी दिनुभयो । रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिनाभन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ । उहाँले देशको विकास र सुख, शान्तिको लागि प्रार्थना गरेको बताउनुभयो ।

जैसपुरका स्थानीयवासी तथा व्यापारी नुरुल हसन राईले यस वर्ष खुसीका साथ इद मनाएको उल्लेख गर्दै भन्नुभयो, “यसपालि लकडाउन छैन, इदगाह खुला छ, त्यसैले इदगाहमा नमाज अदा गरी इद मनाइँदैछ ।” बाँके जिल्लामा १०० वढी मस्जिदमा इद मनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)