काठमाडौं । नेपालमा थप एक सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।३१ सय ४० जनाको पीसीआर परीक्षणका क्रममा थप एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७७ हजार एक सय ४७ जना पुगेको छ ।यस्तै गएको २४ घण्टामा एक सय १५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार दुई सय २७ पुगेको छ । अहिले नेपालमा १३ सय ९० जना सक्रिय सङ्क्रमित छन् ।
पछिल्लो २४ घण्टामा तीन जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीस पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















