हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाललाई अमेरिकाले भन्यो– एमसीसीको रकम सधैं दिइँदैन, ठोस निर्णय गर

K.P

काठमाडौं । अमेरिकाले अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे ठोस निर्णय लिन नेपाललाई भनेको छ । विक्रम संवत् २०७४ मा अमेरिका र नेपालबीच भएको एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन गर्नुपर्ने समयसीमा समाप्त हुनु एकदिन अघि सोमबार अमेरिकाले यसबारे ठोस धारण बनाउन भनेको हो ।

Advertisement

अमेरिकी राजदूतावासले सोमबार विज्ञप्ति जारी गर्दै सम्झौता अनुसारको अनुदान रकमको उपलब्धता सधैँ खुला नहुने भन्दै यसबारे ठोस निर्णय लिन नेपाल सरकार भनेको छ ।

Advertisement

एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन नभएको बारे आफू जानकार रहेको भन्दै दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो तर यस अन्तर्गतको कोषको उपलब्धता सधैँ खुला रहँदैन। यो कार्यक्रमको व्यवहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छन्।’

सत्तारुढ नेकपाभित्रै एमसीसी पारित गर्ने या नगर्ने विषयमा विवाद भइरहेका बेला दूतावासले सो विज्ञप्ति जारी गरेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलहरु एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)