राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सिटौलाका दाहीने हात थापाद्धारा नेपाली कांग्रेसको प्रदेश नं १ को सभापतिमा उमेदवारी दिने घोषणा

नेपाली कांग्रेसको प्रदेश नं १ को अधिवेशनमा झापाका उद्धव थापाले सभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् । उनले कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको समूहबाट उमेदवारी दिने तय भएको हो । उनले प्रदेशमा चुनावी अभियानसमेत शुरु गरिसकेका छन् ।

Advertisement

नेपाली कांग्रेसलाई बदलिंदो परिवेशमा अझ सशक्त बनाउन अनि लोकातान्त्रिक मूल्य मान्यतालाई दर्बिलो पार्ने अभियानलाई जोड दिन आफूले उमेदवारी दिन लागेको थापाले बताएका छन् । वि। सं। २०३४ सालतिर काठमाण्डौंको शंकरदेव क्याम्पसवाट नेविसंघको इकाईबाट राजनीतिक जीवन शुरु गरेका थापा २०३५ सालको जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्व बहुदलीय ब्यवस्था स्थापनका लागि बहुदलको प्रचार अभियानमा सक्रिय थिए ।

Advertisement

उनले विपी कोइरालाको सुरक्षा दस्तामा समेत रहेर काम गरेका थिए । कांग्रेसको झापा अर्जुनधारा गाउँसमितिको सचिव÷सभापतिको हुँदै उनले झापा २ नं निर्वाचन क्षेत्रको क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी पुरा गरिसकेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article